हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा आन्तरिक मामिला तथा कानुनमन्त्री डोरमणी पौडेलले बागमती प्रदेश प्रहरी ऐन तयार भइसकेको तर कार्यन्वयनमा हुन नसकेको बताएका छन्। बागमती प्रदेश शसस्त्र प्रहरी गण मुख्यालय रातोमाटाको हाताभित्र नवनिर्मित भवनको उदघाटनका क्रममा उनले बागमती प्रदेश प्रहरी ऐन तयार भइसकेको राजनैतीक अस्थिरताले कार्यन्वयनमा समस्या परेको बताएका हुन।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका पौडेलले कार्यक्रममा बोल्दै जनताले सेवा गर्ने प्रहरी सुकुम्बासी जसरी बस्न बाध्य बनेकोमा प्रदेश सरकारको अग्रसरता प्रहरी बस्ने ब्यारेक,मेस लगायतका भौतिक संरचनाको निर्माणमा हुदै गएको बताए ।
प्रदेश सरकारले काममा निरन्तरता दिदै सरकारले नयाँ दृष्टिकोणका साथ काम गरिरहेको छ,हामी नेपाल सरकारको नारालाई अवलम्बन गर्दै आगाडि बढेका छौ,प्रदेश सरकारले काम गरेन भन्नेहरुको लागि यस्ता संरचनाको निर्माण उदाहरण हुन सक्छन- मुख्यमन्त्री पौडेलले भने ।








