काठमाडौं । नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली पहिलो नम्बरको अध्यक्ष नभएको बताएका छन्। नेकपाले बुधबार आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै नेपालले ओली पहिलो नम्बरको अध्यक्ष भनेर कहीँ उल्लेख नभएको बताएका हुन् ।
पार्टीको विधान, सर्कुलर र निर्णयलगायत कुनै पनि दस्तावेजमा ओलीलाई पहिलो अध्यक्ष भनेर नभनिएको नेपालको भनाइ छ। ‘ओलीले आफै म पहिलो अध्यक्ष भनेर हुँदैन, कुनै पनि दस्तावेजमा उनलाई पहिलो अध्यक्ष भनेर लेखिएको छैन,’ नेपालले भने । उनले नेकपाको नभइ ओली गुटको पहिलो अध्यक्ष भएको बताए। उनको भनाइ थियो, ‘बालकोटको पहिलो अध्यक्ष होलान् तर, नेकपाको होइनन्।
‘ उनले ‘मान नमान में तेरा मेहमान’ भने जसरी ओलीले पहिलो नम्बरको अध्यक्ष दाबी गरेको बताए। कसैले नदिएपनि ओली ताज पहिरिए ‘राजा भएर’ हिँडिरहेको उनको भनाइ छ।








