• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

गैंडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जना पक्राउ

  •   बुधबार, माघ २८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  दुर्लभ एकसिंगे गैंडा मारी खाग बिक्री गरेको अभियोगमा १४ जनालाई पक्राउ गरिएको छ । यसै अभियोगमा १८ जना फरार रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । चालु आर्थिक वर्ष शुरु भए यता निकुञ्जमा चोरीशिकारीबाट मारिएका चार गैंडा फेला परेका थिए ।

    यस लगत्तै निकुञ्ज प्रशासन, सुरक्षार्थ खटिएको नेपाली सेनाको बटुक दल गण, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरुलाई देशका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार कावासोती नगरपालिका वडा नं. ७ का ४८ वर्षिय पल्ला भनिने शिवनारायण महतोलाई घरबाटै पक्राउ गरिएको थियो ।

    भरतपुर महानगरपालिका वडा नं. २८ स्यालबासका ४९ वर्षिय रणबहादुर भनिने जीतबहादुर कुमाल र निजको श्रीमती ईन्द्रमाया कुमाललाई नवलपुरको चोरमाराबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । बाँकेको सोनारीका ३५ वर्षिय हरिप्रसाद थारु र निजकी श्रीमती विष्णुमाया गुरुङलाई उनीहरु बसोबास गरेको नवलपुरको गैंडाकोट नगरपालिका वडा नं. १ ईट्टाभट्टाबाट पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै गैंडाकोट वडा नं. १ का ३२ वर्षिय काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङलाई गोरखाको आरुघाटबाट पक्राउ गरिएको हो ।

    पक्राउ परेकाहरुको बयानको आधारमा अन्य सात जना संलग्न भएको बुझिएको र उनीहरुको खोजी कार्य भईरहेको बरालले जानकारी दिनुभयो । यसैगरी अनुसन्धानको क्रममा गैंडा मारी खाग चोरीशिकार भएका विगतका अन्य घटनाहरु समेत खुल्न आएका छन् । विगतका घटनामा संलग्न भएको अभियोगमा जिल्लाको कालिका नगरपालिका वडा नं. ९ शक्तिखोर बस्ने तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा, गोरखा नगरपालिका वडा नं. ७ नयाँ बजारका कैलासबाबु आलेलाई गोरखाबजारबाट पक्राउ गरिएको छ ।

    सोही गिरोहका लम्जुङ वेशिशहर नगरपालिका वडा नं. १० बस्ने ३२ वर्षिय सोमबहादुर गुरुङलाई काठमाण्डौंबाट पक्राउ गरिएको हो । माडी नगरपालिका वडा नं. ९ अयोध्यापुरी बस्ने वर्ष ३२ को दुर्गा भुजेल भन्ने दुर्गाबहादुर सार्कीलाई महोत्तरी बर्दिबासबाट पक्राउ गरिएको हो । मकवानपुर जिल्ला बागमती गाउँपालिका वडा नं. ३ घर भई काठमाण्डौं गोकणेश्वर बस्ने ३५ वर्षिय नविन पौडेल भन्ने मेखबहादुर नेपाली, मुगु जिल्लाको मुगु घर भई काठमाण्डौंको बौद्ध बस्ने ६१ वर्षिय नाङ्गे तामाङ लामा, काठमाण्डौंको बौद्धका २१ वर्षिय योञ्जन भनिने छिरिङ लामाको नामले चिनिने योन्देन ग्याम्जो तामाङलाई समेत पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

    तनहुँको आबु खैरहनी नगरपालिका वडा नं. ५ घुमाउने बस्ने ३३ वर्षिय हरिबहादुर मगरलाई समेत पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा पक्राउ परेकाहरुको बयानबाट दोषी देखिएका १८ जना फरार देखिएको उनीहरुको खोजी भईरहेको बरालले जानकारी दिनुभयो । पक्राउ परेकाहरुको साथबाट एक थान गाडी, दुई थान मोटरसाईकल, पत्रिका काटेर पैसा जस्तो बनाएको २३ बन्डल, रु.४१ लाख बराबरको बैंक भौचर ६ थान समेत बरामद गरिएको सो अवसरमा जानकारी दिईयो ।

    बरालले पक्राउ परेकाहरु मध्ये रणकुमाल भन्ने जीतबहादुर कुमाल पाँच पटक, काले र अशोक गुरुङ भन्ने सुकबहादुर गुरुङ दुई पटक, तारा चेपाङ भन्ने वीरमान सिंह प्रजा ३ पटक गैंडा मार्ने कार्यमा संलग्न रहेको र निजहरु लामो समयदेखि पटक पटक गैंडा मारी खागको चोरीनिकासी गर्ने कार्यमा संलग्न रहेको खुल्नआएको जानकारी दिनुभयो । कुमाल बि.सं. २०६९ फागुन ९ गते पक्राउ परी गत जेठ १० गते जिल्ला कारागार चितवनबाट मुक्त भएका थिए ।

    निज गैंडा तस्करीको फैसलासँगै कारागार जीवन बिताएका थिए । छुट्नासाथ तस्करीमा संलग्न भएको पाईएको छ । सो अवसरमा दिईएको जानकारी अनुसार उनीहरुलाई पुस ३ गते यता विभिन्न मिति र स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवाहीका लागि आजै जिल्ला अदालत नवलपुरमा पेश गरिने बरालले जानकारी दिनुभयो । उहाँले पक्राउ परेकाहरु तस्करीका पाँचौं तहसम्मका रहेको बताउनुभयो ।

    पत्रकार सम्मेलनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजकुमार राईले विगतमा सुन, रक्तचन्दन र गाँजा तस्करीमा लागेकाहरु अहिले खाग तस्करीमा लागेको बताउनुभयो । उहाँले विदेशमा रहेकाहरुलाई समेत बोलाएर तस्करीमा लगाएको पाईएको जानकारी दिनुभयो । निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणका गणपति अरुण श्रेष्ठले ठूलो संख्यामा पक्राउ परेको भन्दै चोरीशिकारी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउनुभयो ।

    निकुञ्जको बाँदरझुला आइल्याण्ड क्षेत्रमा शिकारीले गत भदौ १७ गते २५ देखि ३० वर्षको भाले गैँडालाई गोली हानेर मारेका थिए । उनीहरुले त्यसको खाग र खुर भने लैजान पाएका थिएनन् । कात्तिक १९ गते नारायणी नदीको टापु मर्दी घोलमा गैँडाको माउ र बच्चा मृत भेटिएका थिए । २०÷२२ वर्षकी पोथी गैँडा र तीन वर्षको बच्चा गोली लागेर मरेका थिए ।

    तिनीहरुको शिकारीले खाग लगिसकेका थिए । त्यस्तै, कात्तिक २१ गते गैँडाको कंकाल भेटिएको थियो । निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिकै भेटिएको उक्त गैँडा पनि शिकारीबाट मारिएको खुल्न आएको थियो । विगत केही वर्षयता शुन्य चोरीशिकार भएपनि एकाएक तस्करले गैंडा मार्न थालेपछि निकुञ्ज सुरक्षामा फरक रणनीति अपनाएर तस्करीको खोज तलासमा व्यापकता दिईएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.