हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काँग्रेस र कम्युनिष्टसँगको काम र व्यबहारबाट जनता वाक्क दिक्क भएको बताएका छन् । संसद विघटन पश्चात् मुलुक थप अन्यौल र अस्थिरता तर्फ उन्मुख भएको भन्दै थापाले लोकतन्त्रको आबरणमा मुलुकमा लुटतन्त्र हाबी भएको बताए ।
आज हेटौंडा -५ मा आयोजित भेलालाई सम्बोधन गर्दै थापाले सर्बधर्म समभाब सहितको सनातन धर्मको रक्षा अहिलेको आबश्यकता भएको बिचार ब्यक्त गर्दै धार्मिक द्वन्द चर्केर जाने खतरा प्रती चिन्ता प्रकट गरे । थापाले निर्बाचन प्रणाली खर्चिलो भएको निष्ठा र इमानदारीताको राजनीति कमजोर हुँदै गएको भन्दै थापाले बिकास र समृद्धिको सपनालाई २०६२/६३ पछिको परिबर्तनले सस्थागत गर्नुको सट्टा चकनाचुर पारेको उहाँको टिप्पणी थियो ।
कार्यक्रममा राप्रपाका नेताहरु मधु अधिकारी, राजाराम बर्तौला, नबराज बिष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, सागर थापा, रामकृष्ण श्रेष्ठ , रमेश चौलागाईं लगायतले बोलेका थिए ।








