काठमाडौं । प्रतिनिधि सभा विघटनको विरुद्धमा परेका मुद्दाहरुमाथि सर्वोच्च अदालतमा जवाफी बहस जारी छ । आइतबारदेखि सुरु भएको जवाफी बहसमा रिट निवेदकले बहस गरिरहेका छन् । आइतबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिलेको सरकार केपी ओलीको कि नेकपाको भन्दै प्रश्न गरेका छन् ।
रिट निवेदकका तर्फबाट बहस गर्न आएका अधिवक्ता दीनमणि पोख्रेललाई प्रधानन्यायाधीश जबराले ‘यो सरकार केपी ओलीको हो कि नेकपाको ?’ भन्दै प्रश्न गरेका हुन् । जवाफमा अधिवक्ता पोख्रेलले सरकार नेकपाको भएको बताए। त्यसपछि इजलासबाट ७६ (१) को सरकारको विकल्पमा अर्को सरकार संसद्बाट बन्ने अवस्थाबारे प्रश्न गरिएको थियो । अधिवक्ता पोख्रेलले अदालतले संसद्बाट सरकार बन्ने अवस्था हेर्ने विषय नभएको र संसद्ले निर्णय गर्ने विषय भएको बताए ।








