चितवन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले प्रतिनिधि सभा विघटन पुनःस्थापना हुने विश्वास व्यक्त गरेका छन् । चितवनको भरतपुरमा नेपाली कांग्रेसले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सर्वोच्च अदालतले विना कुनै पक्षपात, विना कुनै भय निर्णय गर्नुपर्ने बताए ।
‘विना कुनै पक्षपात, विना कुनै भय यो अदालतले निर्णय गरोस्, मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्’ थापाले भने । ‘संसद पुनःस्थापना भएपछि प्रधानमन्त्री ओलीले ठूलो खर्च गरेर दमकमा भ्यु टावर बनाएका छन् त्यहीँ विचरण गर्न पठाउने हो ।’
उनले पुनर्स्थापित संसदले देशलाई चुनावतर्फ लैजाने बताए। ‘चुनाव हुन्छ कि हुन्न भनेर कांग्रेस अलमलमा पर्न जरूरी छैन। पुनर्स्थापित संसदले देशलाई चुनावमा लैजान्छ।’ थापाले भने ।








