• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

प्रधानमन्त्रीसंग अदालत नडराओस्ः नेता थापा

  •   सोमबार, फागुन ०३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले अहिलेको प्रश्न निर्वाचन र संसद पुर्नस्थापनाको नभएको बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवनले आज  आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै नेता थापाले काङ्ग्रेसको एजेण्डा संबिधान जोगाउने रहेको बताउनुभयो ।

    उहाँले संबिधान काङ्ग्रेसको मात्र विधान नभएर सिंगो देश एक भएर लेखिएको दस्तावेज भएको बताउनुभयो । उहाँले भन्नुभयो “संविधानमा काङ्ग्रेसको असहमतिहरु भए पनि यो साझा दस्तावेज बनेको छ ।” नेता थापाले इतिहासमा भएका कमी कमजोरीहरुलाई सच्चिने गरी अहिलेको संविधान निर्माण गरिएको बताउनुभयो । उहाँले अदालतले पनि संविधान पढ्नुपर्ने विचार जिकिर गर्नुभयो ।

    पूर्ब मन्त्री थापाले प्रधानमन्त्रीसँग अदालत डराउन नहुने बताउनुभयो । कसैको प्रभावमा नपरि निर्णय गर्न अदालतलाई सुझाव दिदै उहाँले भन्नुभयो “मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्” उहाँले थप्नुभयो “कसैको आमसभा, विरोध सभा नहेरियोस्, संविधानको धारामात्रै हेरियोस् ।” वर्तमान सरकारले चुनाव गर्नै नसक्ने उहाँले बताउनुभयो । संसद पुर्नस्थापना हुन्छ भन्दै उहाँले पुर्नस्थापित संसदलेमात्रै देशलाई चुनावमा लैजाने बताउनुभयो ।

    उहाँले भन्नुभयो,“देशलाई संकटबाट कांग्रेसले नै बचाउँछ, हामी सम्हाल्छौँ ।” प्रचण्ड–नेपाल समूहले संयुक्त आन्दोलमा आउन गरेको आग्रह प्रति लक्षित गर्दै उहाँले भन्नुभयो,“फेरि काङ्ग्रेस मैदानमा आउनुपर्छ भनेछन्, तर ३ वर्ष पहिले यही चितवनमै आएर कांग्रेस चाहिदैन भनेको भुलेका छैनौँ ।” आफ्नै नेताहरुले एकअर्कालाई गाली गरेको देखेर नेकपा कार्यकर्ता विक्षिप्त बनेको उहाँले दावी गर्नुभयो । कसले धेरै खायो कसले खान पाएन भन्दै लडेर करिब दुई तिहाई मतलाई नै संकटमा धकेलेको उहाँको जीकिर थियो ।

    सभामा अर्की केन्द्रिय सदस्य सरिता प्रसाइले देश अप्ठ्यारोमा पर्दा काङ्ग्रेसलेनै निकास दिएको बताउनुभयो ।  कम्युनिस्टका चार प्रधानमन्त्री हुँदा पनि नबनेको संविधान सुशील कोइरालाको नेर्त्ृत्वमा बनेको भन्दै काङ्ग्रेसले नै निकास दिने बताउनुभयो । वर्तमान प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर देशलाइ अस्थीरतामा पु¥याएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “गरिव जनताले उपचार गर्न पाएका छैनन, उहाँहरु सत्ताको दुरुपयोग गर्दै आमसभा गर्दै हिड्नुभएको छ ।” नेकपाको दम्भ र झगडाले देश संकटमा पुगेको उहाँको भनाई थियो । काङ्ग्रेस नेतृ प्रसाइले प्रचण्डलाई शान्ती सम्झौता गरेर संसदमा हुलेको ईतिहास नभुल्न आग्रह समेत गर्नुभयो ।

    प्रचण्डले पटक पटक धोका दिएको काङ्ग्रेसले नभुल्ने दावी गर्नुभयो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले काङ्ग्रेस एक्लैले चितवनका सबै क्षेत्रमा चुनाव जित्ने दावी गर्नुभयो । बिरोध सभा अघि काङ्ग्रेस चितवनले हाकिमचोकको केन्द्रिय बस ट्रमिनल देखि चौबिसकोठी सम्म बिरोध प्रदर्शन गरेको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.