काठमाडौं । महानगरीय अपराध महाशाखाको प्रमुख परिवर्तन भएको छ । गृह मन्त्रीस्तरीय निर्णयबाट हाल प्रमुखको रुपमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको ठाउँमा अर्का एसएसपी चन्द्र कुवेर खापुङलाई काज सरुवा गरिएको हो ।
निर्णयअनुसार थापालाई प्रहरी प्रधान कार्यालय भर्ना छनौट शाखामा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अपराध महाशाखा उपत्यकाको अपराध अनुसन्धान गर्ने युनिट हो ।








