काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो दुई बजे बस्ने तय भएको छ । फागुन ७ देखि १० गते सम्मका लागि आह्वान गरेको चौधौं महाधिवेशन सम्भव नभएपछि नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
बैठकमा पार्टीको आन्तरिक जीवन, क्रियाशिल सदस्यता वितरण लगायतको विषयमा भएको प्रगतिको सम्बन्धमा पनि छलफल हुने छ । संसद् विघटनविरुद्ध भएका विभिन्न आन्दोलनको समिक्षा समेत बैठकमा हुने प्रवक्ता शर्माले बताए ।








