• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

अब एसएलसी कक्षा १२ मा

  •   बिहिबार, फागुन ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    फाइल फोटो

    काठमाडौं । सरकारले शिक्षा नियमावली २०५९ संशोधन गरी शिक्षा (सातौं संशोधन) नियमावली २०६९ मा हाल कक्षा १२ लाई विद्यालय शिक्षाको अन्तिम खुट्किलो कायम गरेको छ। मूल नियमावलीको नियम ४७(क)मा संशोधन गरी नियमावलीको नियमन (४७) कमा रहेको ‘कक्षा १० मा’ भन्ने शब्दावलीको सट्टा ‘कक्षा १२ मा’ भन्ने शब्दावली राखिएको छ।

    जसले गर्दा अब विद्यार्थीको स्कुल लिभिङ सर्टिफिकेट अर्थात् (एसएलसी) कक्षा १२ मा कायम भएको राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए। परीक्षा नियन्त्रक खकुरेलले यो वर्ष सरकारले समयमै निर्णय गर्न नसक्दा बोर्डअन्तर्गत एसइई परीक्षा सञ्चालन हुने तय भए पनि आगामी वर्ष कक्षा १० को परीक्षा प्रदेशबाटै सञ्चालन हुने जानकारी दिए। संशोधित नियमावलीअनुसार अब माध्यमिक शिक्षा कक्षा ९ देखि १२ सम्म कायम भएको छ।

    नियमावली संशोधनअघि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउँदैनथे। उनीहरूले कक्षा ९ मा जुन स्कुलमा भर्ना र रजिस्ट्रेसन फारम भर्थे, सोही स्कुलबाट एसइई परीक्षा दिनुपर्ने व्यवस्था थियो। कक्षा १० मा छात्राको बिहे, अभिभावकको बराइँसराइ र विद्यार्थी बिरामी भएको अवस्थामा मात्र स्थानान्तरण दिनुपर्ने व्यवस्था थियो। अब संशोधित नियमावलीले यी सबै व्यवस्था खारेजी गरेको छ। साथै विद्यार्थीले जुनसुकै विद्यालयमा कक्षा १० मा भर्ना तथा स्थानान्तरण पाउने भएका छन्।

    ‘विगतमा विद्यार्थी कक्षा ९ मा जुन स्कुलमा भर्ना भए, कक्षा १० पनि सोही स्कुलबाट परीक्षा दिनुपर्ने शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था थियो। स्थानान्तरण कक्षा १० मा पाउँदैनथे,’ परीक्षा नियन्त्रक खकुरेलले नागरिकसँग भने, ‘अब संशोधित नियमावलीअनुसार कक्षा १० मा पनि विद्यार्थीले स्थानान्तरण पाउने भए। उनीहरू जुनसुकै स्कुलमा पनि कक्षा १० मा भर्ना हुने बाटो खुल्यो।’ उनले थपे, ‘अब एसएलसी कक्षा १२ कायम भयो। विद्यार्थी जुन स्कुलमा कक्षा ११ मा भर्ना हुन्छन् सोही स्कुलबाट कक्षा १२ पास हुनुपर्छ।’

    शिक्षासचिव गोपीनाथ मैनालीले संशोधित शिक्षा नियमावलीले मुख्य तीन विषय समेटेको जनाए। कक्षा १० मा स्थानान्तरणको व्यवस्था र कक्षा १२ लाई एसएलसी कायम, विपद् तथा महामारीको समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्र आफैंले तोक्न सक्ने र कार्यालयहरूको रूपान्तरण गरेको छ। ‘हाल रहेको एसइई परीक्षा कार्यालयले पुराना प्रमाणपत्र व्यवस्थापनको काम गर्छ,’ सविच मैनालीले भने, ‘नियमावलीअनुसार कक्षा १२ विद्यालय तहको अन्तिम शिक्षा कायम भएको छ।

    अब विद्यार्थीले स्कुल लिभिङ प्रमाणपत्र कक्षा १२ उत्तीर्णपछि पाउनेछन्। विश्वविद्यालयको प्रवेश बिन्दु कक्षा १२ कायम भएको छ।’ उनले थपे, ‘शिक्षा ऐनमा व्यवस्था भएपछि कक्षा ८ स्थानीय तहको, कक्षा १० प्रदेश सरकारको र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डको जिम्मेवारीमा हुनेछ।’ सचिव मैनालीले संशोधित शिक्षा नियमावलीले व्यवस्था गरेअनुसार विपद् तथा महामारीमा मन्त्रालयले नै शैक्षिक सत्र तोक्ने अधिकार कायम गरिदिएकाले कोरोना महामारीका कारण चालु शैक्षिक सत्रअनुसार गते सुरु हुने र जेठभित्र विद्यालय तहका सबै परीक्षाहरू सक्नुपर्ने मन्त्रालयले तय गरेको उनले जनाए।

    यसैगरी संशोधित नियमावलीले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन कक्षा १० मा कम्तीमा ७५ प्रतिशत हाजिरी भई नियमित रूपमा अध्ययन गरेको विद्यार्थी मात्र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ। तर दूर शिक्षाको माध्यमबाट अध्ययन गर्ने विद्यार्थीको हकमा दूर शिक्षासम्बन्धी निर्देशिकामा व्यवस्था भएअनुसार हुनेछ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.