काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा जाने भएका छन्। ओली विहान ११ बजे सर्वोच्च अदालतमा हाजिर हुने भएका हुन् । गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए ।
अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गरेका थिए। प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन भन्ने टिप्पणी गरेका थिए।








