सांकेतिक तस्विर
काठमाडौ । नेपाल प्रहरीले जुवा खेलिरहेका १७ जनालाई नगदसहित ललितपुरबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले सुनाकोठीमा जुुुवा खेलिरहेका उनीहरुको साथबाट ३० लाख ८४ हजार रुपैयाँ बरामद भएको जनाएको छ । जुवाखालबाट कौडा र तास समेत बरामद भएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान जारी रहेको एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।








