• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मकवानपुरमा एक वर्षमा ५० वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना

  •   शनिबार, फागुन ०८, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । हेटौंडा उपमहानगरपालिका ११ की तेस्रो लिङ्गी अजिता भुजेलको शव ०७६ माघ ४ गते राती घाँटीमा तार बेरिएको र अर्धनग्न अवस्थामा हेटौंडा ५ क्याम्पाडाँडामा फेला पर्यो । प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले हेटौंडा–९ बस्ने वर्ष १८ का सिमोन परियार, हेटौंडा–४ बस्ने वर्ष २५ का सुशिल मगरसँगै हेटौंडा–११ बस्ने वर्ष २० की एलिसा पाख्रिन, हेटौंडा–४ बस्ने वर्ष २४ को आशिष बल र हेटौंडा–१४ बस्ने वर्ष २१ बुद्ध लामालाई प्रकाउ गर्यो ।

    त्यस्तै १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ४० वर्षीय बाबुविरुद्ध पीडितले २०७६ फागुन २४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिइन् । प्रहरीले आरोपितलाई फागुन २४ गते गिरफ्तार गर्यो । न्यायाधीश सीता शर्मा अधिकारीको इजलासले २०७७ मंसिर ११ गते बलात्कार ठहर गर्दै आरोपितलाई जबरजस्ति करणी तर्फ १२ वर्ष र हाडनाता करणी तर्फ जन्मकैद फैसला सुनायो । यी र यस्तै मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सन् २०२० मा मकवानपुरका ५० वटा घटेका छन् ।

    शुक्रवार हेटौंडामा भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण तथा सन् २०२० को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उक्त नेपाल मानव अधिकार वर्ष पुस्तकमा सन् २०२० मा मकवानपुरमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५० जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । जसमा बाल अधिकारका १८ वटा घट्नाहरु देखिएका छन् । जसमा बेचबिखन तथा ओसारपसारमाका १ वटा घट्ना देखिएको छ । त्यस्तै बलात्कारका १२ वटा घट्नामा १ वटा घट्नामा मुद्दा टुङ्गिउको र ११ वटा घटनाहरु कानुनी दायरामा ल्याइएका छन् । त्यस्तै यौन दुव्र्यवहारका ५ वटा घट्ना देखिएको छ ।

    महिला अधिकारका १६ वटा घट्ना देखिउका छन् ।जसमा घरेलु हिंसाको १ वटा बलात्कारका २२ र बलात्कार प्रयासका ३ वटा घट्ना देखिएको हो । त्यस्तै मारिएका ६ वटा घट्नाहरु सन् २०२० मा मकवानपुरमा घटेका छन् । बागमती प्रदेशको अवस्था नेपाल मानव अधिकार वर्ष पुस्तकमा सन् २०२० मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । कार्यक्रममा इन्सेक बागमती प्रदेशका कार्यक्रम संयोजक गणेश भण्डारीले सन् २०२० मा बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएको बताए।

    इन्सेक जिल्ला प्रतिनिधिहरूमार्फत सङ्कलित अभिलेख अनुसार यस वर्ष बागमती प्रदेशमा मानव अधिकार उल्लङ्घनका घटनामा १९ जना महिला र २ सय १९ पुरुष गरी जम्मा २ सय ३८ जना तथा ज्यादतीका घटनामा ७ सय ८२ जना महिला, ७१ जना पुरुष, एक तेस्रो लिङ्गीसहित जम्मा ८ सय ५४ जना पीडित भएका छन् । यो सङ्ख्या गत वर्षभन्दा ४ सय २ जनाले कमी हो । यस वर्ष राज्यपक्षबाट एक जनाको हत्या भयो भने यातनाका घटनामा चार जना, गिरफ्तारीका घटनामा १ सय ६ जना, जातीय विभेदका घटनामा चार जना, भेला तथा सङ्गठित हुने अधिकारमा ५६ जना, धम्कीका घटनामा ६ जना र कुटपिटका घटनामा ४० जना पीडित भएको इन्सेकमा अभिलेख भएको उहाँले बताए।

    यस्तै महिलाविरुद्ध हुने सबै प्रकारका दुव्र्यवहार घटनामा सन् २०२० मा यस प्रदेशमा ४ सय १९ जना पीडित भएको इन्सेक वर्ष पुस्तकमा अभिलेख गरिएको छ । यस वर्ष बेचबिखनका प्रयासका घटनामा पाँच जना, घरेलु हिंसाका घटनामा ७० जना, कथित बोक्सीको आरोपमा आठ जना, बलात्कारका घटनामा २ सय १० जना, बलात्कार प्रयासका घटनामा ३४ जना, यौन दुव्र्यवहारको घटनामा ११ जना र बेचबिखनका घटनामा पाँच जना महिला पीडित भएको अभिलेख भएको छ ।

    यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय ३० जना पीडित भए । जसमध्ये बलात्कारका घटनामा २ सय ३५, यौन दुव्र्यवहारको घटनामा ६ जना बालक सहित ८७ जना, बालबालिका बेचबिखनमा आठ जना, नवजात शिशु हत्या पाँच जना, बालबिवाहका तीन र विद्यालयमा शारीरिक सजाय दिइएका घटनामा दुई जना बालबालिका पीडित भएको इन्सेकको वर्ष पुस्तकमा राखिएको छ । अघिल्लो वर्ष सन् २०१९ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ४ सय ९४ जना पीडित भएका थिए ।

    वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रमका प्रमुख अतिथि मुख्य न्यायधिवक्ता थपलियाले अधिकारकाबारे जनचेतना अभिवृद्विमा इन्सेकको भूमिका महत्वपूर्ण रहेको भन्दै मानव अधिकारको अवस्था कुनै पनि हालतमा सङ्कुचित हुन नहुने समेत बताए उनले वर्ष पुस्तकको २९ औँ संस्करणमा आइपुग्दा इन्सेकले तथ्याङ्कको अभिलेखिकरणसँगै सङ्घीय संरचनाका तीन तहको सरकारले गरेको महत्वपूर्ण कामबारे चर्चा गरेको बताउए । बालबिवाह मुक्त प्रदेशको अभियान चलाइएको बेला स्थानीय तहले भोगेको समस्या र चुनौती समेत वर्ष पुस्तकमा समेट्न उनले सुझाव दिएका हुन् ।

    मुख्य न्यायाधिवक्ता थपलियाले अबका दिनमा इन्सेकलले घटना अभिलेख मात्र नभई घटना हुनाको कारण तर्फ पनि खोजी गर्न आग्रह गर्नुभयो । समाजमा हुने कुनै पनि घटनाको पछाडि कारणहरू हुने हुनाले त्यसतर्फको खोजीबाट समस्या पहिचानसँगै समस्या न्युनीकरणको लागि समेत तीनै तहका सरकारलाई सहयोग पुग्ने बताए ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.