काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो धातुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने सर्लाही मलंगवा नगरपालिका-३ घर भएका ४१ वर्षीय मो. मेराज मिकरानीलाई १ सय ५० ग्रामको ३ थान सुन जस्तो देखिने पहेँलो रंगको धातुको बालासहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ एरियामा कतार एअरवेयजको उडानद्वारा दोहाबाट आगमन भएका यात्रुहरुलाई भन्सार छली गर्न लगाई अवैध रुपमा संकलन गरी उक्त वस्तु लैजान लागेको अवस्थामा प्रकाउ गरिएको प्रहरीले जनाएको छ । मिकरानीलाई बरामद बाला सहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।








