चितवन। उपप्रधानमन्त्री इश्वर पोख्रेलले निर्वाचनसंग सम्बन्धित सबै पक्ष निर्वाचनको तयारीमा जुटेको बताउनुभयो । भुरतपुर बिमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै उहाँले निर्वाचन आयोग र सुरक्षा निकाय निर्वाचनको तयारीमा लागेको बताउनुभयो ।
उहाँले अहिले सरकारलाई जस्ले जे भने पनि समय आए पछि सबै निर्वाचनमा सहभागी हुने बताउनुभयो । उहाँले भन्नुभयो “राजनैतिक दलहरु निर्वाचनमा जाने कुरा जनताबाट अनुमोदित हुने कुरा त नमान्ने कुरै भएन ।” निर्वाचनमा सबै दलहरु सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ । अर्थमन्त्रालयले आबश्यक वजेट निकाशा गरिसकेको उहाँले जानकारी दिनुभयो ।
निर्वाचन निर्धारित समयमानै हुने उहाँको भनाई थियो । निर्वाचनको बिषयमा आशंका गर्नुपर्ने कुनै कुरा नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “निर्वाचन हुन्छ की हुँदैन भनेर आशंका गर्नु पर्ने कामै छैन ” निर्वाचन तोकिएको समयमा बिल्कुल हुन्छ । ”कोही व्यक्ति, पक्षहरुले खवरदार निर्वाचन गरौला, निर्वाचन कार्यक्रम सार्वजनिक गरौला भन्ने जस्ता कुराहरु वाहिर आएको भन्दै उहाँले यी सबै हास्यो लाग्ने कुरा मात्र रहेको बताउनुभयो ।
संसद विघटनको बिषय सर्वोच्च अदालतबाट टुङ्गो लाग्ने भन्दै उहाँले फैसलाको प्रतिक्षा गर्नु पर्ने बताउनुभयो । उहाँले सरकारले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई कुनै किसिमको दवाव नदिने बताउनुभयो ।








