काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । मंगलबार बिहान ९ बजे भारतको राजधानी दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भट्टराईलाई भर्ना गरिएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् । पाण्डेका अनुसार भट्टराईलाई दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिनेछ ।








