काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले मुलुकलाई अँध्यारो सुरुङमा जानबाट जोगाएको बताएका छन् ।सर्वोच्चले प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरेसँगै अध्यक्ष प्रचण्डले देशलाई राजनीतिक संकटको अध्यारो संकटमा जानबाट जोगाएको प्रतिक्रिया दिएका हुन् । ‘अदालतको फैसलालले संविधान र लोकतन्त्रको रक्षा गरेको छ। देशलाई राजनीतिक संकटको अध्यारो संकटबाट जानबाट जोगाएको छ’ उनले भने ।








