काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् ।
संसद पुन:स्थापना भएसँगै आगामी कदमबारे छलफल गर्न उनीहरू बुधबार दिउँसो देउवा निवास पुगेका हुन् । उनीहरु बुधबार मात्र चितवनबाट काठमाडौं आएका थिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई मंगलबार बदर गरेको थियो ।








