चितवन । फागुन २३ गतेबाट चितवन जिल्लामा दोस्रो चरणको खोप लगाउन सुरु गरिने भएको छ । २३ गते देखि चितवन जिल्लाका सबै स्थानिय तहमा कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान संचालन हुँदैछ । दोस्रो चरणको अभियानमा ५५ बर्ष भन्दा माथिका र जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भएको जन स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
उसले सो बर्गमा पर्ने सबैलाई आ-आफ्नो वडामा रहेका स्वास्थ्य संस्थामा गई खोप लगाउनु हुन अनुरोध समेत गरेको छ । दोस्रो चरणको खोप अभियानमा अन्तर्गत तोकिएको लक्षित समुहका व्यक्तिहरुलाइ खोप कहाँ कुन स्थानमा दुने र कसरी सञ्चालन हुने भन्ने बारेमा स्थानिय स्वास्थ्य संस्था वा स्वास्थ्य शाखा र वडा जन प्रतिनिधिहरुबाट प्राप्त गर्न सकिने पनि कर्यालयले जनाएको छ ।
खोप लगाउन आउने लक्षित समुहका व्यक्तिहरुले परिचय पत्र वा कार्यालयको प्रमाणित कागजात नागरिकता, मतदाता परिचय पत्र लिएर आउन अनुरोध गरिएको छ । चितवनमा ६० बर्ष माथीका ६२ हजारलाई दोस्रो चरणको खोप लगाउने लक्ष राखिएको भएपनि सरकारको पछील्लो निर्णय अनुसार ५५ बर्ष माथीउमेरकालाई लगाउने भन्ने जानकारी आएको जन स्वास्थ्यका प्रमुख दिपक तिवारीले जानकारी गराए।
अब सो समुहकाहरुको पनि संख्या एकिन गरिने तिवारीले बताए। जिल्लाका सबै स्थानीय तहका वडाबाट खोप लगाउन सकिने छ ।








