फाईल फोटो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकार विप्लव समूहसँग वार्ता गर्न तयार भएको सकारात्मक भएको बताएका छन् । मंगलबार दिउँसो सामाजिक संजाल टुईटर मार्फत एक टुईट गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्,‘नेकपा (माओवादी)विप्लव समुहसँग वार्ता हुनु सकारात्मक हो।यदी साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौँ’।
सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न दुई सदस्सीय वार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई सदस्य रहेका छन्। यसैगरि सरकार पक्षबाट वार्ता टोली गठन भएसँगै विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न समिति गठनको तयारी गरेको छ ।
खड्कबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गर्ने तयारी भइरहेको विप्लव समूहले जनाएको छ ।









