चितवन । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेकपालाई टुटाउने हो भने काङ्ग्रेस सरकारमा जानु पर्ने बताउनुभएको छ । आज भरतपुर बिमानस्थमा पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले काङ्ग्रेस सरकारमा नगएरनै नेकपा फुट्छ भने सरकारमा जानुको अर्थ नहुने बताउनुभयो ।
उहाँले नेकपालाई टुटाउनेहो भने काङ्ग्रेस सरकारमा जानु पर्छ । नत्र भए त्यो भन्दा पहिलेनै टुट्छ भने सरकारमा गएर केही उपलव्धि नहुँने बताउनुभयो । उहाँले नेकपालाई तोड्नका लागि सरकारमा जानु पर्छ भन्ने आफ्नो धारणा रहेको बताउनुभयो । नेकपाको प्रचण्ड–नेपाल समुह संग मिलेर जानु पर्ने आफ्नो व्यक्तिगत धारणा रहेको भन्दै उहाँले अब संसद सुरु भए पछि निरन्तरता पाउँछ भन्नुभयो ।
उहाँले भन्नुभयो “सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनु पर्छ । त्यसका लागि संसदमा अविश्वासको प्रस्ताब दर्ता हुन्छ ।” अविश्वासको प्रस्ताब काङ्ग्रेसले वा प्रचण्ड–नेपाल समुहले दर्ता गर्ने उहाँको भनाई थियो । उहाँले महाधिबेशन भदौको ७ गतेसुरु हुने बताउनुभयो ।








