चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिने बताउनुभयो । पुर्वि चितवनमा आज ( बुधबार ) कांग्रेसका पूर्वसंसद् एकनाथ रानाभाटको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताउनुभयो । उहाँले भनुभयो ” काधमा आएको जिम्मेवारी बाट भाग्नेवाला पनि छैन्”। उहाँले आफुले प्रधानमन्त्री भए फाइदानै हुने बताउनुभयो। आफूले प्रधानमन्त्री पद नमागेको पनि उहाँले बताउनुभयो । 
वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा उठाएको भन्दै जवाफमा उहाँले शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न पनि आग्रह गर्नुभयो । त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताउनुभयो । उहाँले जनतामा रहेका निराशा हटाउन कांग्रेस अगाडि लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “जनताले विश्वास गर्ने एकमात्र आधार रहेको पार्टी कांग्रेस हो” । त्यही अनुसारको आचारण र व्यवहार देखाउन सक्नुपर्छ । राजनीति गर्नेहरुबाट जनता निराशा छन् । जनतामा रहेका निराशालाई फाट्दै यो मुलुकमा कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्छ ।’ उहाँले अहिलेको अवस्थामा काङ्ग्रेसले आफ्नो हैसियत भुल्न नहुने बताउनुभयो ।
हैसियत भन्दा बढी आकांक्षा राख्नु नहुने उहाँको भनाइ थियो । पौडेलले कांग्रेस सानो संख्यामा भए पनि भूमिका ठूलो रहेकाले लोकतन्त्रको रक्षाका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो। ‘आफ्नो हैसियताभन्दा बढी आकांक्षा राख्नु विकृति हो’, पौडेलले देउवातर्फ लक्षित गर्दै भने, ‘कांग्रेस सानो संख्यामा छ। तर, भूमिका ठूलो छ। प्रतिपक्षीको भूमिका सही तरिकाले निर्वाह गर्न सकियो भने मात्र लोकतन्त्रको रक्षा गर्न सकिन्छ।’ श्रद्धाञ्जली सभामा महामन्त्री डा. शशांक कोइराला, गण्डकी प्रदेशका संसदिय दल नेता कृष्ण चन्र्द नेपाली , बाग्मती प्रदेशका संसदिय दल नेता ईन्र्द बहादुर बानिया नवलपुर सभापति बिष्णु लामिछाने , लगाएतले मन्तव्य राख्नुभएको थियो ।









