चितवन। नेपाली काङ्ग्रेसका सह महामन्त्री डा. प्रकाश शरण महतले हतियार छोडेर शान्तिपूर्ण वार्तामा आउनेलाई स्वागत गरेको बताउनुभयो । आज भरतपुर बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्नुहुँदै उहाँले सरकार र विप्लव पाट्टिमा भएको सहमति सकारात्मक भएको बताउनुभयो ।
उहाँले शान्ति र मुधारको बाटोमा आउनु ठिकै रहेको बताउनुभयो । उहाँले मान्छेको इच्छा अनुसार काङ्ग्रेस नचल्ने बताउनुभयो । उहाँले काङ्ग्रेस अहिले पनि हुलमुलमा नरहेको बताउनुभयो ।
डा महतले काङ्ग्रेस अरुतिर नलागि काङ्ग्रेस तिर नै लाग्ने बताउनुभयो । उहाँले सरकार बनाउन काङ्ग्रेसको आवस्यकता परेको खण्डमा पछि नहट्ने बताउनुभयो ।








