चितवन । पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता विक्रम पाण्डेले अहिलेको नेकपाभित्रको लडाई पद र प्रतिष्ठाको लडाई भएको आरोप लगाउनुभएको छ । भरतपुरमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री, मन्त्री बन्नका लागि सत्तारुढ दलभित्र किचलो सुरु भएको जीकिर गर्नुभएको हो । “अहिलेको झगडा जनता र युवा, राष्ट्रका लागि होइन, मात्रै पद र प्रतिष्ठाका लागि भएको छ“, उहाँले भन्नुभयो, “भाषण सुनाउन जनता किनेर लैजाने, अनि कस्को जनता धेरै भन्दै दुख दिने काम भैरहेको छ ।”
उहाँले संसद पुर्नस्थापना भएको भोलिपल्टै भरतपुरमा भएको आमसभालाई सम्बोधन नगरी जनतालाई सडकमै राखेर प्रचण्ड–माधव काठ्माण्डौ गएको जनताले नभुलेको बताउनुभयो । विदेशीको इशारामा राष्ट्रलाई क्षत्िवक्षत, ध्वस्त पार्ने काममा दलहरु लागेको आरोप लगाउनुभयो । तत्कालिन माओवादी एमालेमा प्रवेश गरेर त्यो पार्टी गन्तव्यरहित बनेको टिप्पणी गर्नुभयो । नेकपाभित्रको पदीय झगडाले जनताका कैयन समस्याहरु ओझेलमा परेकाले जनताले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
“राष्ट्रवादी जनतालाई बन्धक बनाएर पद र प्रतिष्ठाका लागि जहानियाँ शासन जस्तो छोरी, बुहानी, नातागोता, आफन्तीलाई माथिका पदमा पु¥याउन हजारौ युवाको बली चढाउने काम भएको छ”, उहाँले नवप्रवेशी युवालाई इंगित गर्दै भन्नुभयो, “राष्टवादी जनताको पार्टी हो, विदेशीको इशारामा नचल्ने पार्टीमा आउनुभएको छ, युवाको भविष्य बनाउन हामी लागिपर्नेछौँ ।” युवालाई रोजगारीका लागि विदेशीन नपर्ने स्थिति सृजना गर्ने बताउनुभयो ।
बरिष्ठ नेता पाण्डेले समृद्धि, जनताको सुरक्षा र रोजगारीको ग्यारेन्टी गर्ने जस्ता कैयन चुनावी आश्वासन नेकपाले भुलेको बताउनुभयो । राप्रपाले स्पष्ट बहुमत पाएमा देशलाई सार्ककै विकसित देश बनाउने दाबी गर्नुभयो । राप्रपा राष्ट्रप्रति समप्र्रित पार्टी भएकाले कहिल्यै विदेशीको इशारामा नचल्ने र जनताको हितमा सक्रिय भएर लाग्ने दाबी गर्नुभयो । विश्व सामु विग्रिएको नेपालको छविलाई सुधार्न राप्रपाको विकल्प अन्य दल नभएको जीकिर गर्नुभयो । यसैविच विभिन्न पार्टी परित्याग गरि ५ सय ९८ जना राप्रपा प्रवेश गरेका छन् ।
नवं प्रवेशिलाई, पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेको प्रमुख आतिथ्यतामा बागमति प्रदेश सांसद रिना गुरुङ्ग, राप्रपा प्रदेश सदस्य ज्ञानु जङ्ग लामा, जिल्ला अध्यक्ष रुद्र ढकालको अध्यक्षतामा अविर र दोसल्ला लगाई स्वागत गरिएको थियो । दीपक गुरुङ्गको सक्रियतामा यूवाहरु राप्रपा पार्टी प्रवेश गरेका हुन् ।








