काठमाडौं । देशका अधिकांश स्थानमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहे पनि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने भएको हो ।
उच्च पहाडी तथा हिमाली भूभागहरुको एक–दुई स्थानमा वर्षा र हल्का हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति पनि देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।








