काठमाडौं । सत्तारुढ नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । आइतबारदेखि सुरु हुने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने लगायतका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो ।








