काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहले स्थायी समितिको बैठक बोलाएको छ ।सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि आवश्यक छलफल गर्न स्थायी समितिको बैठक बस्न लागेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार बिहान ११ बजे स्थायी समितिको बैठक बस्ने जानकारी दिएका छन् । उनीहरूले आइतबार नै कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए । प्रचण्डले सर्वोच्चको फैसला अपेक्षाअनुसार नभएको प्रतिक्रियासमेत दिएका छन् ।








