काठमाडौँ । अब नेकपा एमाले र माओवादी केन्द्र अलग-अलग भएर जाने भएका छन् । सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग-अलग भएर जाने निर्णय गरेको हो ।
बैठकले सर्वोच्चको निर्णयमा पुनरावलोकनको माग गरिने पनि बताइएको छ । आइतबार सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो ।








