चितबन । विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरसबाट वाच्न यतिबेला देश पुरै लकडाउन भएको छ । हुनेखानेहरु घरमै परिवारसँग बसेर दिनैपिच्छे मिठा–मिठा परिकारहरु खाँइरहेको बेला अरुको आशामा खाने कुरा कुरेर बसेका बाँदरहरुलाई आहारा नभएर आपत नपरोस् भनेर चितवनमा सकृय रहेका तिन रोटर्याक्ट क्लवहरुले देवघाटमा रहेका भोका बाँदरलाई खाना खुवाएका छन् ।
उनिहरुले चामल, मकै, केराउ र बिस्कुट खुवाउनुको साथै रोटरी करुणालय देवघाट मा चामल सहयोग गर्नुका साथै माक्स हस्तान्तरण गरेका छन । रोटर्याक्ट क्लव अफ भरतपुरका उपाध्यक्ष गोविन्द पराजुलीको समयोजकत्व मा भएको कार्यक्रम मा जोनल रोटर्याक्ट प्रतिनिधि (जेडआरआर) निरज खनाल ज्युको विशेष उपस्तिथि रहेको थियो भने रोटर्याक्ट क्लव अफ चितवनका निर्वाचित अध्यक्ष रोशन खरेल, रोटर्याक्ट क्लव अफ नारायणगढ़का अध्यक्ष सन्तोष थापा, रोटर्याक्ट क्लव अफ भरतपुरका सदस्य अर्जुन लामिछाने, रोटर्याक्ट क्लव अफ चितवनका सदस्य कुशल खनाल, रोटर्याक्ट क्लव अफ नारायणगढ्का निवार्चित अध्यक्ष प्रदिप खरेलको उपस्थितिमा देवघाट बजार क्षेत्र र बाँदरको घनत्व बढी भएको क्षेत्रहरुमा बाँदरलाई खानेकुरा खुवाइएको हो ।








