काठमाडौं । नेकपा एमालेका नेता माधव नेपालले आफू निकट केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । सर्वोच्च अदालतको फैसलापछि एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने निष्कर्षसहित प्रचण्डसँग छुटेको नेपाल पक्षले आज अपरान्ह ४ बजे नयाँ वानेश्वरस्थित होटल अर्यालमा आफ्नो पक्षका केन्द्रीय सदस्यहरूलाई बोलाएको हो । पार्टीमा अबको रणनीति बनाउन बैठक बोलाइएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।








