• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. बिचौलियाको मारमा किसान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

निकुञ्जको पश्चिमक्षेत्रमा गैंडाको चाप बढेपछि भारत जाने चिन्ता बढ्यो

  •   बिहिबार, फागुन २७, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट भारततर्फ दुर्लभ एकसिंगे गैंडा जाने चिन्ता बढेर गएको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको चाप बढेपछि सीमा जोडिएको भारततर्फ जाने चिन्ता बढेर गएको हो । केही वर्ष अघि वर्षादको समयमा बगेर भारत पुगेका १० वटा गैंडा उद्धार गरी ल्याईएको भए पनि अन्य केही गैंडा ल्याउन सकिएको छैन । त्यसपछिको वर्षहरुमा पनि बाढीले बगाएर गैंडा भारत पु¥याएको अनुमान छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार हाल निकुञ्जको मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ झण्डै ७० प्रतिशत हाराहारी गैंडा रहेको अनुमान छ ।

    आउँदो चैत ९ गतेबाट गैंडा गणना गरिंदै छ । सो पश्चात एकिन तथ्यांक आउने उहाँले बताउनुभयो । सानो ठाउँमा उच्च चाप रहेको छ । निकुञ्जको पश्चिमी क्षेत्रमा भारतीय सीमामा वाल्मीकि टाईगर रिजर्ब रहेको छ । पर्साको ठोरीदेखि त्रिवेणीसम्म भारतीय सीमामा पर्सा र चितवन राष्ट्रिय निकुञ्ज जोडिएका छन् । सीमा क्षेत्रमा चुरे पहाड, खोला, जंगल र मानवबस्ती समेत रहेको छ । बरालले नाराणी नदी हुँदै र चुरे पहाडबाट समेत गैंडा भारत जाने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार नदीबाट बगेर गण्डक ब्यारेज हुँदै गएका गैंडा फर्किन असम्भव छ । गण्डक ब्यारेजपछि नदीको दुवैतर्फ ठूला तटबन्ध रहेकाले नदीबाट बाहिरिन समेत कठिन हुने उहाँले बताउनुभयो ।

    पुनः फर्किएर आउन पनि बाँधका कारण सम्भावना छैन । उहाँले भन्नुभयो “गण्डक ब्यारेज र त्यसपछिको नदी क्षेत्र वन्यजन्तुमैत्री नहुँदा समस्या भएको छ ।” गैंडा गणनापछि अवस्था हेरेर आन्तरिक स्थानान्तरण गर्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “भारतमा गैंडा जाने चिन्ता छ ।” निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत एवं प्रदेश नं. २ का वन सचिव रामचन्द्र कँडेल सीमा क्षेत्रमा गैंडाको संख्या बढी भएको भन्दै भारततर्फ जाने खतरा बढेको बताउनुहुन्छ । घाँसे मैदान र पानीका पोखरी निर्माण गरी आन्तरिक स्थानान्तरण गरेर पूर्वको खगेन्द्र मल्ली र पदमपुर क्षेत्रमा ल्याउनु पर्ने कँडेलको भनाई छ ।

    उहाँले भन्नुभयो “निकुञ्जको पूर्वी क्षेत्रमा गैंडाको बासस्थानका लागि राम्रो व्यवस्थापन गर्नुपर्छ ।” राप्ती नदीमा भएको उत्खनन् र नदीको पानी खेतीमा सिंचाईका लागि ल्याउँदा निकुञ्जमा पानीको अभाव भएको उहाँको भनाई छ । नदीको पानी घटेर निकुञ्जमा चिसोपन कम हुँदा घाँसे मैदान र पानीको पोखरी व्यवस्थापनमा समेत समस्या हुने गरेको छ । जसका कारण निकुञ्जका गैंडा पश्चिमतर्फ केन्द्रीत भएको उहाँको भनाई छ । निकुञ्जको पूर्वी क्षेत्रबाट बाढीमा नदीमा बगेपनि केही तल पुगेर उत्रिन सक्ने भएपनि सीमा क्षेत्रबाट बगेका गैंडा भने भारत पुग्ने गरेका छन् । कँडेल यसै निकुञ्जमा प्रमुख संरक्षण अधिकृत हुँदा बगेर भारत पुगेका १० वटा गैंडा भारतसँग समन्वय गरी उद्धार गरेर ल्याईएको थियो ।

    पछिल्लो समय भारतले समेत गैंडा फिर्ता दिन आनाकानी गर्दै आएको छ । निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलगञ्ज कुँवर सीमा क्षेत्रको भेलौजी आसपासका क्षेत्रमा गैंडाको संख्या बढीकाले भारत जाने सम्भावना पनि उत्तीकै रहेको बताउनुहुन्छ । एक दिनमा गैंडा ४० किलोमिटरभन्दा आवाजजावत गर्ने भन्दै उहाँले पूर्वी क्षेत्रको हेटौंडा, रौतहट र सर्लाहीसम्म गैंडा पुग्ने गरेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “नेपाली क्षेत्रमा गएका गैंडा उचित बासस्थानको अभावमा फर्किएर आउँछन् ।

    तर भारत पुगेका भने आउन असम्भव जस्तै छ ।” नेपालकै विभिन्न ठाउँमा गैंडा पुग्ने भए पनि राम्रो बासस्थान खोज्दै पुनः निकुञ्जमै फर्किने गरेका छन् । कुँवरले भारतसँग समन्वय गरेर त्यहाँबाट आउनका लागि जैविक मार्गको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । एउटा देशबाट अर्काे देशमा वन्यजन्तु आवतजावत गर्न रोक्न नमिल्ने भएपनि यही उचित बासस्थानको व्यवस्थापन गर्न सके गैंडा भारत जानबाट रोकिने उहाँको तर्क छ ।

    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले सीमा क्षेत्रको चुरे क्षेत्रबाट जाने सम्भावना कम भए पनि अमुवा खोला र ठोरीतर्फबाट गैंडा भारत जान सक्ने बताउनुभयो । वर्षातको समयमा बगेर जाने खतरा सबैभन्दा बढी रहेको उहाँको भनाई छ । पछिल्लो गणना अनुसार निकुञ्जमा ६०५ गैंडा रहेका छन् । यसै वर्ष गणना गरिंदै छ ।

    निकुञ्जमा हुर्काएर राप्ती र नारायणी नदीमा छाडिएका गोही भारत पुग्ने गरेका छन् । जसका कारण वर्षेनी नदीमा गोही छोडिएको भए पनि संख्या बढाउन सकिएको छैन । भारततर्फ गएका गोही ब्यारेजका कारण नेपाल फर्किन कठिन हुने गरेको छ ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.