चितवन । वाड कार्यसमिति गठनलाई तीव्रता दिइरहेको राप्रपा चितवनमा नयाँ प्रवेशिको घुईचो लागेको छ । सोहि अनुसार विहिबार भरतपुर महानगरपालिका वडा नं. १० देखि १४ सम्मका १ सय ५ जना पार्टी प्रवेश गरेका छन् ।
पूर्व मन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ नेता विक्रम पाण्डेको उपस्थितिमा उनीहरुलाई पार्टी प्रवेश गराईएको हो । बरिष्ठ नेता पाण्डे सहित बागमति प्रदेश सांसद तथा राप्रपा केन्द्रीय सदस्य रिना गुरुङ, राप्रपा बागमति प्रदेश सदस्य ज्ञानु जड्ड लामा, राप्रपा चितवनका अध्यक्ष रुद्र ढकाल, उपाध्यक्ष चेतनाथ वाग्ले, महिला कोषाध्यक्ष गीता आचार्य, सचिव केशव भण्डारी लगायतको उपस्थितिमा नयाँ प्रवेशिलाई अविर र दोसल्लाले स्वागत गरिएको हो ।









