काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बीच तीन बुँदे सहमति भएको छ । शनिबार चन्द नेतृत्वको नेकपा र माओवादी केन्द्र क्रान्तिकारीबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने, वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न संयुक्त रुपमा सहकार्य गर्नेलगायत ३ बुँदे सहमति भएको हो ।









