काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार प्रतितोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८६ हजार १५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोलाको एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








