चितवन । चितवनमा माछा पालन सम्बन्धि ३ दिने तालिम सञ्चालन भएको छ । भरतपुरमा रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा माछा पाल्न इच्छुक किसानलाई माछा पालन सम्बन्धि तालिम दिइएको हो । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द भरतपुरका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाइले माछाको पालन, उत्पादन र बजारीकरणको विकास गर्न आवस्यक दक्षता अभिवृद्धि गर्न तालिम आयोजना गरिएको बताउनुभयो ।
उहाँले माछा पालन किसानका लागि आवस्यक पर्ने प्राविधिक तथा व्यवसायिक ज्ञान वृद्धि गर्ने उदेश्यले तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले चितवनमा करिव १ हजार १ सय हेक्टर क्षेत्रफलमा माछा पालन भइरहेको जानकारी दिनुभयो । उहाँले तालिममा पानीको अवस्था, पोखरीको गुणस्तर, माछाको आहार, माछामा देखापर्ने रोग र सोको निराकरणका बारेमा प्रशिक्षण गराइने बताउनुभयो ।
त्यस्तै उहाँले चितवनमा पानी, पोखरीको गुणस्तर, माछाको आहार, माछामा देखापर्ने रोगका कारण माछाको उत्पादनमा कमि आएको बताउनुभयो । उहाँको अनुसार अरु क्षेत्रको तुलानामा पुर्वी चितवनको खैरहनी, माडी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा माछा पालन बढी हुने गरेको छ । उहाँले जिल्लामा बार्षिक १२ हजार मेक्ट्रिक टन माछा उत्पादन हुने गरेको छ बताउनुभयो ।
आज देखि चैत्र ३ गने सम्म सञ्चालन हुने तालिममा २५ जना भन्दा बढि पुराना र नयाँ माछा पालन गर्ने किसकहरुको उपस्थिति रहेको छ ।








