काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा ओली र नेपाल पक्षबीच छलफल शुरु भएको हो ।
छलफलमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी छन्। नेता नेपाल पक्षबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी छन्। गत पुस ५ गते संसद विघटन भएपछि ओली र नेता नेपालबीच पहिलोपटक छलफल हुन लागेको हो ।
हाल सर्वोच्च अदालतले संसद विघटन खारेज तथा एकिकृत नेकपा पनि भंग गर्दै एमाले र माओवादी केन्द व्यूँताइदिएको छ । एमाले व्युँतिएपछि ओलीले एकलौटाी ढंगले नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर अन्यलाई दिएका छन् । नेपाल पक्षले पनि समानान्तर प्रदेश तथा विभागीय कमिटी गठन गरेको छ ।








