काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम बहिस्कार गर्न भएको छ ।
सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको दुई पक्षबीचको वार्तापछि नयाँ बानेश्वरस्थित अर्याल होटलमा सोमबार बसेको सो पक्षको भेलाले प्रधानमन्त्री ओलीले निम्ता गरेको चियापान कार्यक्रम र केन्द्रीय कमिटी बैठकमा नजाने निर्णय गरेको हो । वार्तामा फागुन २८ गते ओलीले आयोजना गरेको बैठकका निर्णयबारे कुरा नमिलेपछि कार्यक्रममा सहभागी नहुने खुलेको छ ।
यस्तै, सो पक्षले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने पनि निर्णय गरेको छ । ओलीसँगको छलफल निष्कर्षमा नपुगेकाले कुनै पनि कार्यक्रम नरोकिने सो पक्षको भनाई छ ।








