काठमाडौँ । पुनःस्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा पुनस्थापित प्रतिनिधि सभाको तेस्रो बैठक बस्न लागेको हो ।
आजको बैठकमा तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने र सभामुख उपस्थित नभएको समय सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपनि उक्त निर्णयलाई बदर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेको थियो । पुनःस्थापित प्रतिनिधिसभाको गत फागुन २३ गते पहिलो र २६ गते दोस्रो बैठक बसेको थियो।








