नवलपुर । सामुदायिक प्राकृतिक चिकत्सालय रजहरमा आज बिहानदेखि मतदान चलिरहेकाे छ । अध्यक्षसहितका पदमा यसअघि नै सहमति जुटेपनि दुई पदमा सहमति नजुटेकाेले दुई पदका लागि आज मतदान भएकाे हाे । बरिस्ठ उपाध्यक्ष र सचिवमा दुई दुई जनाकाे प्रतिष्पर्धा रहेकाे छ ।
बरिस्ठ उपाध्यक्षमा पेउनारायण न्याैपाने र ऋषि तिवारी प्रतिष्पर्धामा छन् । यस्तै सचिवमा प्रदीपराज घिमिरे र टाेपराज काेइराला भिडेका छन् । न्याैपाने र घिमिरेलाई सात पार्टी र समुहकाे समर्थन रहेकाे छ भने तिवारी र काेइराला एमाले अाेली समूहका हुन् ।








