चितवन । भ्रष्टाचार विरुद्ध अभियान चितवन नेपालले ११ औं वार्षिक साधारण सभा मनाएको छ । आज (बुधबार) एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाईएको हो । बरिष्ट समाजसेवि एवं अध्यात्मीक धार्मिक व्यक्तित्व उमाशंकर अग्रवालको प्रमुख आतिथ्यतामा साधारण सभा मनाईएको थियो ।
सभालाई समबोधन गर्दै अग्रवालले, “भ्रष्टाचार नियन्त्रणमा नेपालले जनाएको प्रतिबद्धता कार्यान्वयन नभएको, सार्वजनिक नीजि क्षेत्रमा भ्रष्टाचार र अधिकांस दुरुपयोग यथावत रहेको, सूचनामा नागरिकको पहुँच नभएको, राज्य सञ्चालनमा सीमित समूहको पकड रहेको, भ्रष्टाचार नियन्त्रणमा राजनीतिक क्षेत्र गम्भीर नहुनाले भ्रष्टाचार समस्याकै रुपमा रहेको बताउँनुभएको थियो ।
भ्रष्टाचार विरुद्ध अभियान चितवन नेपालका अध्यक्ष भिम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति डा. इश्वरीराज लौडारी लगायत अभियानमा सहभागिहरुको उपस्थिति रहेको थियो । सचिव निलकन्ठ ढुंगानाले वार्षिक प्रति वेदन र कोषाध्यक्ष रवीभट्ट शर्मा खनालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । भ्रष्टाचार विरुद्ध अभियान चितवन नेपालमा अहिले ४९ जना सदस्य रहेका छन् ।
जसमा २७ जना आजिवन सदस्य रहेका छन् । ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार सन् २०२०मा भ्रष्टाचारमा नेपाल ३४ अंकका साथ ११३ औं स्थानमा रहेको छ ।








