• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ६. बिचौलियाको मारमा किसान

  • ७. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

चितवनमा आठ महिनामा २ सय ९७ दुर्घटना

  •   बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। दिनानुदिन बढ्दै गएको सवारी दुर्घटना समस्या बनेको छ ।दुर्घटनामा चालक, पैदलयात्रु, सडकको अबस्था, वातावरण जस्ता कुराहरुले प्रत्यक्ष असर गरिरहेको हुन्छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा २ सय ९७ वटा दुर्घटना भएको छ । त्यस दुर्घटना ७९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ६४ जना पुरुष, ११ जना महिला, १ बालक र ३ बालिका रहेका छन् । कार्यालयले दिएको तथ्यांक अनुसार दुर्घटनामा ४ सय ५५ सवारी साधन परेका छन् ।

    दुर्घटनामा परि २ सय २९ जना गम्भिर घाईते भएका छन् भने २ सय ७७ जना सामान्य घाईते भएका छन् । मोटरसाईकल र ट्रक वढि दुर्घटना हुने गरेका छन् । गत आर्थिक वर्ष २०७६÷७७ को आठ महिनामा जिल्लामा सवारी २ सय ११ वटा दुर्घटना भएका थिए । जसमा ९३ जनाको ज्यान गएको थियो भने १ सय ३७ जना गम्भिर र २ सय ७३ जना सामान्य घाइते भएका थिए । दुर्घटनामा ३ सय ४२ वटा सवारी साधन परेको थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले पछिल्ला वर्षहरुमा दुर्घटना दर बढेपनि मृत्यु दर कम भएको बताउनुभयो ।

    उहाँले भनुभयो “पछिल्ला वर्षहरुमा जिल्लामा दुर्घटना बढेको जस्तो देखिए पनि मृत्युदर भने घटेको छ ।” उहाँले दुर्घटना वढ्नुको कारण तीब्र गति र सवारीको चाप र सडक साँघुरो रहेको बताउनुभयो । उहाँले अघिल्ला वर्षहरुमा नारायणगढ–मुग्लिन सडक खण्डमा वढि दुर्घटना हुने गरेको भए पनि अहिले सडक बिस्तार संगै सो क्षेत्रमा दुर्घटना कम भएको जानकारी दिनुभयो । यध्यपी मुख्य राजमार्गहरुमा दुर्घटना वढि हुने गरेको उहाँले बताउनुभयो ।

    प्रमुख भट्टले चालू आर्थिक वर्षमा भएका दुर्घटनामध्ये ६३ प्रतिशत दुर्घटना सवारी साधनको तीव्र गतिका कारण भएको बताउनुभयो । त्यस्तै उहाँले पुर्वी चितवनको गोन्द्रान देखि लोथर सम्मको सडकमा धेरै दुर्घटना हुने गरेको बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्र्याक्टर बढी दुर्घटना हुने गरेको छ । फराकिलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण चितवनमा सवारीसाधन दुर्घटनामा वृद्धि भएको उहाँले बताउनुभयो ।

    “चालकलाई ट्राफिक ज्ञान नहुँदा पनि चितवनमा दुर्घटना बढेको हो”, उहाँ भन्नुभयो ।प्रमुख भट्टले यान्त्रिक गडबडीले पनि पछिल्लो समय धेरै दुर्घटना हुने गरेको बताउनुभयो । यान्त्रिक तथा मानवीय कारण बाहेक सडकको समस्याले पनि सवारी दुर्घटना हुँदै आएको छ। त्यस्तै चितवनको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सीमित गति, लगायत काम गर्दै आएको छ ।

    सडकहरुको निर्माण मर्मतलाई प्राथमिकता प्राप्त आयोजनाको रुपमा राखी कार्य प्रभावकारी बनाउनु पर्छ । दुर्घटना न्यूनीकरणको लागि प्रहरी सधै क्रियाशील रहेपनि प्रहरी एक्लैको प्रयासले त्यति सम्भव देखिएको छैन । त्यसको लागि प्रहरी मात्र नभएर समाजका सबै सरोकारवाला निकायहरु दुर्घटना न्यूनीकरणको लागि लाग्न आवश्यक भैसकेको छ । उहाँले दुर्घटना न्यूनीकरणको लागि सडकमै प्रशिक्षण लिने , विभिन्न सचेतना मुलक स्टिकर टास्ने , चालकलाई सम्झाउने खालको कार्यक्रम संचालन भईरहेको बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.