• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ४. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

पत्रकार महासंघको निर्वाचनः आफ्नो नेतृत्वमा निर्वाचनमा सहभागि हुन प्रेस युनियनको आह्वान

  •   बुधबार, चैत ०४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल प्रेस युनियन चितवनले आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो नेतृत्वमा अघि बढ्ने गरी निर्वाचनमा होमिन सबै संगठन समक्ष आह्वान गरेको छ । युनियनको आज (बुधबार) भरतपुरस्थित कार्यालयमा बसेको बैठकले सबै संगठनहरुलाई समावेश गर्दै युनियनको नेतृत्वमा निर्वाचनमा होमिने गरी अघि बढ्न सबैसंग आह्वान गरेको हो ।

    युनियनका अध्यक्ष अनिल ढकालले जिल्लामा क्रियाशिल सबै पत्रकारसम्बद्ध संगठनहरुसंग समन्वय गरेर युनियनको नेतृत्वमा अघि बढ्ने गरी सहकार्य गर्न सबैसंग आह्वान गर्ने निर्णय गरिएको जानकारी दिए । पत्रकार महासंघमा श्रमजीवी पत्रकारहरुको उपस्थितिका लागि भए पनि सबैसंग सहकार्य गर्ने बेला आएकोले युनियनले आफ्नो नेतृत्वमा सबैलाई मिलाएर लैजाने ढकालले बताए ।

    ‘हाम्रो नेतृत्वमा सबैलाई मिलाएर लैजान चाहन्छौं, श्रमजीविको मुद्धालाई अघि बढाउन सबै मिलेर जानु उत्तम देखिन्छ’–अध्यक्ष ढकालले भने । युनियनले निर्वाचनकै सन्दर्भमा रहेर विहीबार विहान युनियनका अगुवा पत्रकारहरुसंग छलफल गर्ने निर्णय समेत गरेको छ । साथै निर्वाचन लक्षित विभिन्न पक्षहरुसंग चरणवद्ध रुपमा छलफल गर्ने निर्णय समेत गरिएको सचिव प्रस्ताव सुवेदीले जानकारी दिए ।

    नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लाको एकैसाथ चैत २५ गते निर्वाचन हुँदैछ । महासंघको बुधबार बसेको बैठकले निर्वाचनको मिति तोकेका हो । मिति तय भएसंगै महासंघको निर्वाचन माहोल तातेको छ ।

    होली मिलन कार्यक्रम हुने

    नेपाल प्रेस युनियन चितवनले नेपालीहरुको महान् चाड होली पर्वको अवसरमा ‘होली मिलन’ कार्यक्रम आयोजना गर्ने भएको छ । बुधबार बसेको बैठकले सबै पत्रकारबीच आत्मीयता बढोस् भन्ने उद्देश्यले चैत १५ गते होली मिलन कार्यक्रम आयोजना गरिएको अध्यक्ष अनिल ढकालले जानकारी दिए । युनियनले विभिन्न चाडपर्वहरुमा पत्रकारहरुबीच आत्मियता बढाउन विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आइरहेको छ ।

    गत पुस महिनामा युनियनले पिकनिक कार्यक्रम समेत आयोजना गरेको थियो । प्रेस युनियनले पत्रकारहरुको क्षमता अभिवृद्धका लागि विभिन्न तालिम समेत प्रदान गर्ने गरेको छ भने पत्रकारहरुमाथि आइपरेका समस्या समाधानका लागि पनि अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको छ ।

     

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ४.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.