चितवन । गैँडा गणनाको राष्ट्रिय अभियान चैत ९ गतेबाट सुरु हुने भएको छ । गतवर्ष कोरोना सङ्क्रमणका कारण अन्तिम समयमा स्थगित भएको गैँडा गणना कार्य खोप अभियान सुरु भएसँगै सुरु हुन लागेको हो ।
गणनाका लागि ४० वटा हात्ती र २ सय जनशक्ति परिचालन गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए । गैँडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको थियो ।
यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। यस वर्षमात्रै २६ वटा गैँडा मृत अवस्थामा फेला परेको र २ वटा गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट भारत पुगेका छन् । भारत पुगेका गैँडालाई नेपाल फर्काउने विषयमा पहल भइरहेको पनि निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए ।








