चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा चोरी शिकारमा संलग्न थप एक जना पक्राउ परेका छन् । चोरी शिकारमा संलग्न रहि फरार नवलपुरको ढोडेनीका जुठे भनिने मेखबहादुर गुरुङ पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय गैंडाकोटको सहयोगमा उनलाई पक्राउ गरिएको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए । उनलाई मंगलबार गैंडाकोटबाट पक्राउ गरिएको अधिकारीले बताए । उनलाई पुर्पक्षका लागि जिल्ला अदालत नवलपुर पेश गरिएको छ । पक्राउ परेका गुरुङ चालु आर्थिक वर्षमा भएका तीन गैंडाको चोरी शिकारमा संलग्न रहेको सुचना अधिकारी अधिकारीले बताए ।
चालु आर्थिक वर्षको भाद्र १९ र कार्तिक २१ गते तीन वटा गैंडा चोरी शिकार भएको थियो । उक्त तीन गैंडाको चोरी शिकारमा संलग्न २० जना यस अघि नै पक्राउ पेरिससकेका छन् । यससँगै चालु आर्थिक वर्षमा गैंडा चोरी शिकारमा संलग्न २३ जना पक्राउ पेरिससकेका छन् ।








