चितवन । चितवनमा सफाइकर्मीका सम्मानमा आज साइकल ¥याली निकालिएको छ । अन्तर्राष्ट्रिय कवाड दिवस ‘ग्लोबल रिसाइकलिङ डे’को अवसर पारेर भरतपुरको चौबीसकोठीबाट शिवघाटसम्म ¥याली निकालिएको हो ।
¥यालीमा सहभागीले ‘कवाडी बेकार होइन्, रोजगार हो, हेला होइन, सम्मान गरौँ, हाम्रो लक्ष्य सफाइ, सोचौँ कवाडी सङ्कलक नभए के हुन्छ ?’ जस्ता सचेतनामूलक प्लेकार्ड प्रदर्शन गरेका थिए । हरेक दिन साइकल चलाएर पुनःप्रयोग गर्न सकिने कवाडी सामान सङ्कलन गर्ने पेशा अपनाएका सफाइकर्मीको सम्मानमा ¥याली निकालिएको आयोजक क्रिएशन नेपालको ‘रिसाइकल साथी’ संस्थाका कार्यक्रम प्रबन्धक प्रतिष्ठा श्रेष्ठले बताउनुभयो ।
“हरेक दिन साइकलमा डुल्दै कवाडी सामान सङ्कलन गरी हाम्रो गाउँशहर सफा राख्ने सफाइकर्मीको सधैँ सम्मान गर्नुपर्छ”, उहाँले भन्नुभयो । ¥यालीमा कवाडी सामान सङ्कलकसहित १५० भन्दा बढी सहभागी भएका थिए । ¥यालीमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले फोहरको वर्गीकरण र पुनःप्रयोग प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो ।
उहाँले हरेक दिन फोहर उठाएर शहर सफा राख्ने सफाइकर्मीप्रति सम्मान व्यक्त गर्नुभयो । ¥यालीमा सहभागी कवाडी सामान सङ्कलकले आफूले गरेको कामको सम्मान गरेकामा खुशी व्यक्त गरेका थिए । सो अवसरमा कवाडी व्यवसायी सङ्घका सचिव राजु रम्तेलले फोहरमैलामा काम गर्ने पेशाकर्मीको आत्मसम्मान तथा समाजले हेर्ने दृष्टिकोण परिवर्तनका लागि साइकल ¥याली महत्वपूर्ण भएको बताउनुभयो ।









