सांकेतिक तस्विर
काठमाडौं । काठमाडौँको चाल्नाखेलस्थित जंगलमा दुई युवाको शव फेला परेको छ । दक्षिणकाली चाल्नाखेल जंगल क्षेत्रमा पर्ने खहरेमा दुई युवाको शव फेला परेको हो ।
अन्दाजी २० र २५ वर्षीय युवाको शव फेला परेको र घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान अघि बढाएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।








