चितवन । पूर्ब पश्चिम राजमार्ग अन्तरगत भरतपुरको हाकीमचोकमा स्कुटरलाई ट्रकले ठक्कर दिदाँ एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा नम्बर १ की २१ वर्षिया रिता शर्मा चालिसे रहेकी जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । हाकीमचोकबाट गोन्द्राङ तर्फ जाँदै गरेको ना ४८ प ८७३१ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–००१ क ०१९७ नम्बरको ट्रकले आज दिउँसो ठक्कर दिएको थियो ।
ठक्करबाट घाईते चालिसेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको कार्यालयले जनाएको छ । दुर्घटना दिउँसो १ः५० वजे भएको हो दुर्घटनामा घाईते भएकी चालिसेको २ बजे र ५ मिनेट जादा मृत्यु भएका हो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।








