चितवन । चितवनमा श्रीमतीसहित तीन जनाको कुटपिटबाट श्रीमानको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं.१२ पोख्रेली टोलमा भाडामा बस्दै आइरहेका गैंडाकोट नगरपालिका–११ का २४ वर्षीय हरिभक्त महतोको कुटपिटबाट मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार वैशाख १४ गतेका दिन मृतककी श्रीमती ३५ वर्षीया विष्णु परियार, उनको पहिलेको श्रीमान् पटिका १९ वर्षीय छोरा राजकुमार परियार र २५ वर्षीय भाइ रामबहादुर परियार मिलेर हरिभक्तलाई कुटपिट गरेका थिए । टाउकोमा चोटपटक लागेका हरिभक्तको अर्को दिन अस्पतालमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । तर स्थानीयले भने सोही दिन नै हरिभक्तको मृत्यु भएको र मृत्यु भएपश्चात मात्रै हस्पिटल लगेका बताएका छन् । हस्पिटल लग्ने वित्तिकै उनलाई मृत घोषणा गरिएको थियो । मृतक महतोको अझै पोष्टमार्टम भएको छैन ।








