फाईल फोटो
चितवन । भरतपुर महानगरपालिका वडा न १३ गंगानगरमा आज बिहान अप्हान ४ बजेको समयमा वनबाट आएको हात्तीले एक्कासी आक्रमण गर्दा ५० वर्षीय तिलमांया भुजेलको मृत्यु भएको हो ।
उज्वलनगरबाट माईत आएर बसेको बेला वनबाट आएको हात्तीले आक्रमण गर्दा भुजेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभएको छ । मृतक भुजेलको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।
उहाँले दिनुभएको जानकारी अनुसार हात्तीले आक्रमणले स्थानीय ३ घरमा समेत क्षती पुगेको छ। भरतपुर १३ गंगानगरका जिवन तामाङको घर पुर्ण रुपमा क्षती भएको छ । सोही स्थानका कृष्ण भुजेलको घर आंशिक क्षती भएको छ भने बले गोठको घर आंशिक क्षती भएको छ।








