काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८६ हजार सात सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य तोलामा पनि पाँच सय रुपैयाँले बढेर ८६ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।








